Wednesday, May 5, 2021

दुर्गाहाङ याक्खा राइ

 

एक साहित्यकार, इतिहासकारः दुर्गाहाङ्ग याक्खा राइ 

परिचयः

दुर्गाहाङ्ग याक्खा राइ एक साहित्यकारका रूपमाः उहाँका प्रकाशित कृतिहरू कथा संग्रहहरूमा स्नातक (२०२२), कथा संग्रह सर्वहाराकाे धुकधुकी (२०२६), उपन्यास भेनिटी व्याग (२०२९) दुर्गा प्रसाद राइकाे नामबाट र २०३४ सालकाे राष्ट्रिय कविता प्रतियाेगिता खियाउ हातका नङग्राहरू कवितामा तेस्राे पुरस्कार विजेता ।

एक इतिहासकार र विचारकका रूपमाः दुर्गाहाङ्ग याक्खा राइकाे नामबाट अन्य कृतिहरूमा ब्राम्हणवाद विरूद्ध जनजाति + उत्पिडितवर्ग (२०५३), किरात राइ हिजाे र आज (२०५५) र किरात याक्खाकाे इतिहास : एक छलफल (२०५९) हुन् । 

एक राष्ट्रसेवको रूपमाः वि.ए., वि.एल.(त्रि.वि.वि.) र अर्थशास्त्रमा एम्.एस्सी (वेल्स वि.वि., व्रिटेन) गरी राजस्व विभाग अन्तर्गत २०३४ सालमै निजामती सेवाका रा.प.द्वि. श्रेणी र २०५१ सालमा मात्र (१५ बर्षपछि) रा.प.प्रथम श्रेणी (अर्थ सहसचिव) मा बढुवा । राजा वीरेन्द्रकाे पालामा प्रकाशित मेची देखि महाकाली नेपाल काेष तयारी मण्डलकाे एक सदस्य । गाेरखा दक्षिणबाहु तेस्राे, त्रिशक्तिपट्टबाट बिभूषित ।

जीवनीः

दुर्गाहाङ्ग याक्खा राइ संखुवासवा जिल्ला साविक वाना गा.वि.स., पाँचखपन न.पा. वडा नं. ६ डाँडागाउँमा वावु भू.पू. विचारी लवहाङ्ग याक्खा र आमा धनरानी काेखबाट वि.सं. १९९९.०८.०३ मा जन्मी प्राथमिक पढाइ ताप्लेजोंगमा गर्नु भयाे । वावु  ताप्लेजोंग अदालतमा विचारी पदकाे जागिरे भएकाे हुनाले त्यहाँकाे पढाइ शुरूवाति हाे । वावुकाे सरूवा उसवेलाकाे नेपाल र सिधुलीगढी भए बखत काठमाण्डाैंमै रही पद्माेदय रात्री विद्यालयमा कक्षा ६ मा भर्ना भइ अध्ययन जारी राखी एलएलसी उतीर्ण गरे । त्रि.त्रि.वि.बाट वि.ए., वि.एल. र वेल्स युनिभर्सिटिबाट एम्.इ., इकाेनाेमिक्समा गरे । वि.स. २०२३ साल ? इलाममा पहिलाे कर इन्स्पेक्टर,  विराटनगरमा सरूवा र २०२७ ?  राजश्व विभागमा शाखा अधिकृत, २०३४ सालमा रा.प.अधिकृत (व्दितीय श्रेणी) मा बढुवा भइ विराटनगर अन्तशुल्क कायर्यालय प्रमुखकाे साथै राजश्व विभाग अन्तर्गत विभाग, बिभिन्न कार्यालय, अड्डाहरूमा कार्यालय प्रमुख भएर सेवा गरी रा.प.अधिकृत (प्रथम श्रेणी) अर्थात अर्थमन्त्रालयकाे सहसचिवमा अवकाश (२०५५ ?) ग्रहण गरे । २०५० साल तिर तत्कालीन अर्थमन्त्री महेश आचार्यकाे पालामा २०४३ साल ? राजदरबारसेवामा प्रबेश गरी राजश्व विभागमा आएका  लाेकमान सिं कार्कीलाइ समेत रा.प.प्र. (सहसचिव तह) मा लाेकसेवाले बढुवा गराए । कार्यसम्पादन मूल्यांकनका प्राप्ताङ्कहरू टिपेक्सले मेटाएर अघि अघिका प्रतिश्पर्धीहरूका समयाेग अंकभन्दा कम बनाइ धाँधलीपूर्ण, किर्ते गरी बढुवाकाे  निर्णय बिरूद्ध सर्वाेच्च अदालतमा रीट हाले, तर केही बर्षसम्म फैसला भएन । पछि दुवै रीट निवेदक अर्का एक श्रेष्ठ थरका राष्ट्र्रसेवक समेतलाइ बढुवा गराइ रीट निवेदन अनुसारकाे किर्ते, जालसाजी समेतकाे मुद्दा सर्वाेच्च अदालतले मेलमिलापको रूपमा कीनारा गरिदिए ।


 वि.सं. २०६८.०८.१३ मा घरकाे सिढीमा चिप्लिइ टाउकाेमा चाेट लागि, न्युराेलाेजि हस्पिटल बाँसबारीमा निधन भयाे। महालक्ष्मीथान, ललितपुरमा स्थायी बसाेबास गर्दै आउनु भएका याक्खा एक किरात इतिहासकार, नेपालका प्रशासनिक ज्ञाता, साहित्यकार, किरात याक्खा छुम्मासंग आबद्ध (निशुल्क कार्यालय काेठाहरू उपलब्ध गरी दिएका), एक समाजसेवी  थिए । उनका धर्मपत्नी श्रीमति मञ्जु राइ याक्खा, एक छाेरी इ.शैलमाला राइ, दुइ छाेरा डा. शैलेन्द्र र सुरेन्द्र हुन् ।
 
प्रस्तुतकर्ता मच्छिन्द्र याक्खा

No comments:

Post a Comment

यले सम्वत् (यले तङवे, यले दोङ, यले थोचे)

  −    मच्छिन्द्र याक्खा केही बर्षदेखि किरात समुदाय, किरात सम्बध्द संघ संस्थाहरूमा बिभिन्न नाम यले तङवे, यले दोङ, यले थोचे भनी किरात सम्वत...