Tuesday, October 24, 2023

याक्खा जाति परिचय

 

− मच्छिन्द्र याक्खा

       याक्खा जाति नेपालको एक आदिवासी किरात जाति हो। याक्खा जातिले केइ (ढोल), केयीसाङ, बिनायो, मुर्चुङगा लगायतका लोक बाजाहरू प्रयोग गरेको पाइन्छ । उनीहरूको उद्गम स्थल, मुख्य बसाेबास क्षेत्र तमाेर र अरुण नदीबिचको भूभाग (पल्लो किरात) लाई मानिन्छ । धनकुटा र संखुवासवा जिल्लाका पाँचखपन, पाँच मझिया, दशमझिया, मुगा खाल्साथुम, बाेधेमा मुख्य बसाेबास छ । यक्ष समानअर्थी मानिन्छ, संस्कृतकाे क्ष र नेपालीकाे क्ख मा विभेद छैन । पाैराणिक कालमा उल्लेख भएकाे यक्ष काे प्रयाेग नै याक्खा वा याक्खाकाे प्रयाेग नै यक्ष भएकाे यसबारे अझै विस्तृत अध्ययन हुन जरूरी छ । तापनि, जगर बगरकाे धनी याक्खाहरू नै ती पाैराणिक कालका यक्ष हुन भन्न सकिने पाेख्त आाधारहरू छन् । किरातहरूमा हुने बिशेष टाेटेम् (गाेत्र जस्तै बिशेष वंशज पहिचान) छन् । अरू जाति समुदायकाे पुरूषकाे मात्र हुने तर किरात समुदायमा सबै राइ समुदाय, याक्खामा महिला पुरूषकाे अलग अलग टाेटेम् सामेक वा सामेलिङ हुने हुन्छ । यस हिसाबले याक्खा राइ समुदाय नजिक देखिन्छ भने सांस्कृतिक हिसाबले लिम्बू समुदाय नजिक देखिन्छ । अरूण नदी पश्चिमका राइ समुदायले लाेहरूङ राइ जातिलाइ पनि याक्खा नै भनी चिन्ने बाेलाउने गरेकाे बुढापाकाहरूकाे मुखबाट सुन्न पाउछाैँ । याक्खा र लाेहरूङ भाषा ५० प्रतिशत मिल्ने भएबाट पनि याक्खा लाेहरूङ भाषा भनी स्विकारिएकाे अवश्था छ ।

        याक्खा जातिले कसैले राइ कसैले लिम्बु लेखिने भएबाट यसकाे जनसंख्या २४००० (२०६८) लगभग भएकाे र मुख्य ८ सामेत्लिङ (सामेअ्छाेङ) सहित १६ पाछाहरू छन् । साेम्यहाङ, लिङ्खा, काेयेङ्वा, लुम्वा, तुम्वा, ताम्ली, छाला, काेङरेन, साेङरेन, लिम्वुखीम, यलावा, यायम्वा, तुम्यासाेलङ, अाेङतुवाङ, इलुवाङ, खाम्याङ, खाइखिम, राेगु, थायुम, लकहाङ, अोकहाङ, हेङवा, थम्फरा, काेतरा, नामेक, माखरा, चारकाेले, काेम्फे, नाम्वेकहाङ, खुङ्छा इत्यादि । सामेलिङहरू मुख्य छाेङ्छामी-युङ्खामा, काङ्छामी-केखामा, लिङ्छामी-नुकामा, मेअ्लापा -नाखामा, सुसामी-निङ्खामा, खुङ्छामी-वेखामा, युङ्छामी-नाखामा, छुङ्छामी-नुकामा, काक्कुवु-साङ्खायाेङमे, छाेङ्छावा-थिङ्खामे छन् । यसप्रकार पुरूष महिलाकाे सामेक वा सामेलिङ प्राय सबै राइहरूमा पाइन्छन् तर लिम्बुहरूमा पुरूषकाे मात्र माङ्गेना यक हुने हुन्छ ।

यस याक्खा जातिले आफुलाइ जिमी, मजिया, राइ लेख्ने गरेका छन् । तर देवान जाति छुट्टै जातिसमुदाय भएको हुनाले इनिहरुको चैनपुर दरबार,इलामको देवान छापको देवान दरबार, बिजयपुर दरबार र चौडन्डी गडिसङ एैतिहासिक जोडिन्छ। जयकण देवान, बुद्धिकर्ण देवान, महावीर देवान देवानहरूका पूर्खा मानिन्छ। उनका वंश र दाजुभाइ मादिहाङ, पिनुहाङ, तेन्छोहाङ र पुत्लुङ्हाङ मादी र मादी राम्वेनीकासाथै असम, दार्जिलिङ, सिक्किम, लगायतका विभिन्न ठाउँमा बिभिन्न उपथरमा दक्षिण धनकुटामा समेत बसाेबास छन् । पिलुवा र मावा दाेभानमा देवान दरबार नजिकै माहाबिर देवानले एक राममन्दीर निर्माण गरेको थिए। राजभार सामर्थ देवान जाति, राजघरानीय चैनपुरका राजा र बिजयपुरका मन्त्री "राय" थिए। याक्खाबाट फुटी आर्य ठकुरी क्षेत्री जातमा बढुवा हुने इतिहाबाट राेकिएकाे देवान थर भनी किरात इतिहासकार दुर्गाहाङ याक्खाकाे मत छ ।

याक्खा प्रकृति पूजक हुन् । मुख्य चाढ चासुवा हाे, याे मंसिरे पूर्णेमा मनाइन्छ । नयाँ अन्न प्रकृति र पूर्खालाइ चढाइ न्वाँगी खाइने गरिन्छ । अर्काे चाढ बैशाखे पूर्णे, जसमा प्रकृति र पूर्खालाइ पानी, राम्राे बालीनाली, सुयामकाे बल मागिन्छ । राइहरूले झै सालिन्ना पूर्खाकाे गरिने, घरपूजा लिम्बूहरूले जस्ताे गालिश्राप, शीर उठाउने, मृतात्मालाइ बाटाे लाउन तङसीङ राख्ने गरिन्छ ।तर देवान जातिसमुदायको भाषा सस्कार सस्कृती याक्खा को भन्दा नितान्त फरक रहेको छ ।

दमक, नेपाल ।

No comments:

Post a Comment

यले सम्वत् (यले तङवे, यले दोङ, यले थोचे)

  −    मच्छिन्द्र याक्खा केही बर्षदेखि किरात समुदाय, किरात सम्बध्द संघ संस्थाहरूमा बिभिन्न नाम यले तङवे, यले दोङ, यले थोचे भनी किरात सम्वत...