Monday, April 19, 2021

याक्खा र यक्ष शब्द /Yakkha and Yakkha word not Yaksha

−मच्छिन्द्र याक्खा


याक्खा र यक्ष शब्दहरू वीचकाे समिप्यता

    संस्कृत शब्द यक्षमा रहेकाे, देवनागरि लिपी क्ष वर्णकाे व्युत्पति क् र ष (ख) क्ख हुने (बृहत नेपाली शब्दकाेष, शब्दसागर) नेपाली भाषा  शास्त्रमा उल्लेख भएकाेमा उच्चाहरण यक्ख हुन अाउने, तर किराती लवजमा याक्खा भनिएकाे शब्दमा कुनै भेद नभएकाे देखिन्छ भनी विव्दानहरूकाे मत छ । पश्चिमेली विव्दानहरूले यक्ष शब्दलाइ याक्सा अथार्त Yaksha भनी उच्चारण गरी उल्लेख गरिनु गल्ति भएकाे मान्न सकिन्छ । किरात शब्दमा, किरात मुनदुममा जाति बिशेषा व्यक्ति बिशेषलाइ याक्सा कही उच्चाहरणमा नअाएकाे पाइन्छ । बस्ने घर, गाेठ, खेतवारी रूङने छाप्राेलाइ सम्बाेधन गरिन्छ । अाज तक किरात जनजिव्राेले लिदे अाएकाे उच्चाहरणलाइ नमानी, पाैराणिक ग्रन्थकाे अाधारलाइ नमानी गल्ति भएकाे शब्द उच्चाहरणलाइ हामीले अनुसरण गरिनु भूल हुन जान्छ । तसर्थ हामीले अाफ्नै बाेलिचालीकाे भाषालाइ चटक्कै बिर्सिएर अरू भाषालाइ सधै सबै मूल शब्दकाे ब्याख्यता मान्न सकिन्न । भाषा र लवजकाे समस्यालाइ हामी सबैले बुझ्न पर्छ ।

    यक्ष र याक्खा जस्तै अन्य संस्कृत शब्द र हाम्राे बाेलिचालिकाे नेपाली र स्थानीय शब्दहरूलाइ उदाहरण यहाँ लिन सकिन्छ । जस्तैः क्षत र खत, क्षति र खति, क्षार र खार, क्षीर र खीर, क्षत्री र खत्री इत्यादी । त्यस्तै कामाक्षा र कामाख्या, गाेरक्षा र गाेरख्खा, रक्षे र रख्खेलाइ पनि लिन सकिन्छ । अाज अंग्रेजीबाट शब्द उच्चाहरण, हिज्जे बनाउने प्रचलन बढ्न थालेकाे छ । Yaksha, Kamaksha, Satakshi  अादी हुन् जसलाइ Yakkha, Kamakkha, Satakkhi उच्चाहरण गरिनु र लेखिनु पर्छ । पश्चिमेली इतिहासकारले लेखेकाे Yaksha word, यक्ष शब्दकाे हिज्जे र उच्चाहरण गलत हाे जाे Yakkha हुनपर्थ्याे, किरात याक्सा शब्दकाे पर्यायवाची शब्द हाेइन, यसमा हामी कुनै अन्याैलमा रही रहन पर्दैन । कसैकाे बुझाइ कमजाेरीलाइ हामीले अनुसरण गर्नुपर्छ भन्ने छैन । गंगालाइ नदीलाइ Gangaes, चाेँग खाँलाइ Changes Khan, इत्यादिलाइ उदाहरण लिन सकिन्छ ।

शब्द र उच्चाहरणः 

 संस्कृत            नेपाली भाषा       नेपाली भाषा (सुदुर पश्चिम)    पाली        हिन्दी            अंग्रेजी

क्ष                    क् + ख = क्ख

यक्ष                याक्खा                                                                            Yaksha (Yakkha correct)

शिक्षा             शिक्षा                                                 सिक्खा      शिक्षा

शिक्षण           शिक्षण                                                सिक्खन

कामाक्षा         कामाक्षा                                               कामाख्या

लक्ष्मण          लक्ष्मण                                                 लख्खन

लक्षण           लक्षण                                                  लक्खन    

 

- मच्छिन्द्र याक्खा

 


1 comment:

  1. याक्खा/यक्ष बारे त कुरो प्रष्टै छ । तर यक्षबाट विकशित याख्खा हुन् भने उनीहरुले किन किरातमा पुगेर आफू किरात हुँदै याक्खा भएको मान्यतालाई स्वीकार गरिरहनु पर्ला र ? याक्खा जाति यक्षबाट विकसित भएको भन्ने आधार आफैमा बलियो होइन र ? यक्ष/याक्खा सन्दर्भसँग जोडेर र केलाएर हेर्दा ? मेन्जो जिज्ञासा !

    ReplyDelete

यले सम्वत् (यले तङवे, यले दोङ, यले थोचे)

  −    मच्छिन्द्र याक्खा केही बर्षदेखि किरात समुदाय, किरात सम्बध्द संघ संस्थाहरूमा बिभिन्न नाम यले तङवे, यले दोङ, यले थोचे भनी किरात सम्वत...