Thursday, October 26, 2023

यले सम्वत् (यले तङवे, यले दोङ, यले थोचे)

    मच्छिन्द्र याक्खा

केही बर्षदेखि किरात समुदाय, किरात सम्बध्द संघ संस्थाहरूमा बिभिन्न नाम यले तङवे, यले दोङ, यले थोचे भनी किरात सम्वतको प्रचलन आएको छ । यो प्राचीन नेपालमा किरात शासनकाल स्थापना गर्ने पहिलो (३२ राजाहरू, गोपाल राजवंशावली) किरात राजा यलुङ वा यलम्बरको स्मृतिमा चलेको सम्वत मानिन्छ । यसबारेमा अध्ययन अनुसन्धान पनि भएको छ । तापनि प्राचीन बिषय भएकोले किटानी प्रमाणहरूको सधैँ अभाव खट्किएको छ । नेपालमा प्रचलित वि.सं. पनि दशँ शताब्दिदेखि प्रचलनमा आएको, प्रचलित भएको भन्ने बिभिन्न विद्वानहरूका भना छ । सम्वत् प्रचलनमा आउँदै लोप हुँदै अवश्था हुँदो रहेछ । यो किरात सम्वत् पनि यस कुराबाट अछूतो रहेन भन्न सकिन्छ । यसबारे सबिस्तार बूँदागत रूपमा अघि सारिएको छ ।

(१)   किरात सम्वतको प्रचलनः सबभन्दा पहिले वि.सं. २०२९/३० मा पुष्प थाम्सुहाङ सम्पादित हाते पत्रिका श्रीजङ्गा’ मा प्रकाशित किरात सम्वत् ५०७३/७४ भएको, वि.सं. २०४५।४६ (सन् १९८९/९०) मा जसराज मादेनको संयोजनमा अखिल सिक्किम किरात लिम्बू याक्थुङले ‘किरात याक्थुङ ताङ्वे ५०४९’ भनी पात्रो प्रकाशन भएको, वि.सं. २०४८ मा किरात याक्थुङ चुम्लुङबाट ‘यले तङ्वे ५०५१/५२’ प्रकाशन र वि.सं. २०५१/५२ मा किरात राई यायोक्खाबाट पनि ‘यले दोङ ५०५४/५५’ को पात्रो (कैलेण्डर) प्रकाशन भएको थियो ।

(२)   कलियुगको काल गणनाः ज्योतिषवीद आर्यभट्ट (४९९ .सं.) को अनुसार र एयोल अभिलेखका ग्रन्थकार रवीकृति (६१०६४२ .सं.) को मत अनुसार महाभारतकालीन पाण्डवका नाति राजा परिक्षितको जन्म र महाभारत युध्द .सं. ६३४/३५ भन्दा एकबर्ष अघिबाट ३७३५ बर्ष अघि अर्थात् ३१०१ शा पूर्वमा भएको मानी त्यहीबाट कलियुगको शुरूआत भएको मानेका छन् । यसरी वि.सं. भन्दा ३०४४ बर्ष पहिले, साके सम्वत भन्दा ३१७९ बर्ष पहिले हुन आउँछ । वि.सं. भन्दा १३५ बर्ष पछिको शक/साके सम्वत चैत्र शुक्ल प्रतिपदाबाट शुरू हुने हुन्छ । बृद्या गर्ग, भारहामिहिरा र कल्याणका अनुसार भने ५ बर्षको महाभारत युध्द २४५४ ईशा पूर्वदेखि २४४९ ईशा पूर्वसम्म (शक सम्वत शुरू हुनुभन्दा २५२६ बर्ष पहिले) नै कलियुग शुरू भइसकेको मानेका र त्यसको ३६ बर्षपछि श्रीकृष्णको मृत्यु भएको मानेका छन् । गुरू र चेलाका वंश परम्पराको विवरणका आधारमा डा. अल्टेकरको अनुसार राजा परिक्षितको समय १४०० ईशा पूर्व मात्र हुन आउँछ । सामान्यत कलिगत ३१०१ ईशा पूर्व मानिदै आएको र राजा परिक्षितको जन्म वा राज्यकाल वा श्रीकृष्णको स्वर्गारोहणको आधारमा चलेको भन्ने बिभिन्न मत देखिन्छ । (HC Raychaudhari, Ancient History of India)

(३)   कलिगत सम्वत कहिलेदेखि शुरूः– कलि शुरूको विन्दु राजा परिक्षितको जन्म वा परिक्षितको राज्यरोहण वा पाण्डवका स्वार्ग यात्रा वा श्रीकृष्णको स्वर्गरोहण कुन दिनबाट भएको भन्ने बिषयमा एक मत भएको पाईन्न । महाभारत युध्दको ३६ बर्षपछि श्रीकृष्णको स्वर्गारोहणको दिनलाई द्वापरयुगको अन्त र कलियुगको शुरूआत मानेका देखिन्छ । भाश्वती ज्योतिषग्रन्ध, विष्णु पुराण, पाटन सुनधारा धर्ममल्लको पालाको शिलाभिलेखमा ‘कलिगत सम्वत ४५०५, विक्रम सम्वत १४६१, शक सम्वत १३२६, नेपाल सम्वत ५२४’ उल्लेख भएको छ (शंकरमान राजवंशी, एन्सेन्ट नेपाल अंक १०८) ।

(४)   कलिगत सम्वत किरात सम्वतको एक प्रमुख आधारः श्रीकृष्णको स्वर्गारोहणलानै कलियुगको शुरूआत मान्ने हो भने कलिगत सम्वतनै धेरै शा पूर्व ३१०१(३६), २४४९(३६) र १४००(३६) देखिएका छन्, सबैमा ३६ बर्ष घटाएपछि श्रीकृष्णको स्वर्गारोहण सम्वत हुन आउँछ । यीमध्ये ज्योतिषवीद आर्यभट्ट सहितका मत शा पूर्व ३१०१(३६) ला आधार मानी यसमा महाभारतकालीन पाण्डवको स्वार्गयात्रा र परिक्षितको राज्यरोहणसंग किरात राजा जितेइङवा (जितेद्रष्टा) का छोरा सेङछेइङ्वाको सम्बन्ध जोडिएको (मावोहाङ र ढुङ्गेल) कुराला आधार मान्ने मानी कलिगत सम्वत ४० पछिको सम्वत अर्थात शा पूर्व ३१०१(३६) र (–४०) = ३०२५ मा यलम्बरको उदय भएको मान्नुपर्ने हुन्छ । यसबाट . सं. २०२३ मा यो सम्वत ५०४८ हुन आउँछ । काठमाण्डँ आर्यघाटमा आधा जमीनमा रहेको किरातकालीन मानिएको प्रस्तर शालिक (प्रस्तर मूर्ती) धेरै विज्ञहरूबाट राजा यलुङ(यलम्बर)कै मानेका (योगी नरहरीनाथ, धरणीधर दाहाल) छन् । यस मृर्तिला एक पुराण नायक विरूपाक्षको हो पनि भनिने गरिन्छ । यो मूर्ति वि.सं. २०२२ सालमा एक बृध्द किरातले खनेर निकालेका थिए (गोविन्द टण्डन, पशुपतिक्षेत्रका सांस्कृतिक अध्ययन पृ.४९०) । कलिको मृर्ति पनि भनिने किम्वदन्ति र मान्यताबाट भने राजा यलम्बरको महाभारतकालीन धर्मराज युधिष्ठिरको बचन उनकै पनाति राजा जनमेजयबाट तोडिनुको प्रत्यक्ष कलियुगको शुरूआति पीडित साछी उनै पाटक पतञ्जलीका किरात राजकुमार अथवा नेपालका राजा यलम्बर भए । उनीनै कलियुग लागेको साछी मात्र हैन जनमानसमा पर्यायवाचीको रूपमा माने हुन् भन्नु पर्ने हुन्छ ।

(५)   किरात सम्वत पहिलो किरात राजा यलम्बरको स्मृतिमाः ५ बर्षसम्म चलेको महाभारत युध्द पश्चात धर्मराज युधिष्ठिरले स्वर्गिय नाति अभिमन्यु (अर्जुनका छोरा)का छोरा नाबालख पनाति परिक्षितला राजगद्दीमा राखी आफूहरू स्वर्गयात्रा जानुपर्दा प्रसिध्द किरात नायक एकलब्यका नाति जितेइङ्वा (महाभारत युध्दमा पाण्डवको पक्षमा लड्ने एक किरात राजा) का छोरा मागी किरात युवराज सेङछेइङ्वाला ल्याएर पाटक पतङजली (आजको पटना) राज्य दि राजतिलक दिएर पनाती र हस्तिनापुर राज्यको रक्षार्थ सहयोगी राजाको रूपमा स्थापित गरेका थिए । राजा परिक्षितका छोरा राजा जनमेजयले राजा सेङछेइङवाको शेषपछि उनका छोरा यलुङ (यलम्बर)ला भने तिम्रा पितालाई मात्र, परम परपिता धर्मराज युधिष्ठिरले राज्य दिएको’ भनी राजतिलक दिन न्कार गरे । द्वापरयुग नायक द्वय श्रीकृष्ण र धर्मराज काल सकिएकोले बचन तोडिएको मानी ती किरात राजकुमार आफ्ना वंश, सेना लि नेपाल उपत्यका हानी किरात राज्यको शुरूआत गरे । (मावोहाङ र ढुङ्गेल) यसैबर्षला उनको स्मृतिमा एक स्मारक सम्वतको स्थापना भएकाले मान्यता छ । अर्को मत अनुसार यलम्बरका पूर्खा पश्चिम तिरबाट सिङमाङगढ आए त्यहाँबाट ८०० शा पूर्वमा यलम्बरले नेपाल खाल्डोमा राज्य गर्न पुगे (मानसिं चेमजोम) ।

(६)   किरात यले सम्वत अध्ययन समितिको कालगणना र अभिलेखः प्राज्ञ बैरागी काइँलाको संयोजकत्वमा एक किरात सम्वत अध्ययन समितिको गठन भ .सं. २०१० मा अभिलेख प्रकाशन भएको छ । यस समितिको अभिलेख अनुसार काठमाण्डँ मालिगाउँमा पाएको पहिलो लिच्छवी राजा जय वर्माको प्रस्तर मूर्तिमा उल्लिखित सम्वत १०७ (उ बेला शक/साके सम्वतको मात्र प्रचलन भएको वि.सं. नवँ शताब्दीबाट मात्र प्रचलित भएको) को आधार मानिएको छ । त्यस सम्वतबाट ३२ जना राजाहरूका राज्यकाल गणना गरी १९६३ बर्ष ८ महिना निकालियो । यसमा शाके सम्वत १०७ सम्मको १८५ .सं. घटाएपछि आउने जम्मा १७७८ बर्ष ८ महिना शा पूर्व गणना हुन आयो । यसरी राजा यलम्बरको राज्यकालको शुरूआत शा पूर्व १७७९ अथवा यस .सं. २०११ मा किरात यले सम्वत ३७८९ मात्र हुन आउँछ भनी समितिको अभिलेखमा उल्लेख गरिएको छ ।

(७)   नयाँ सम्वतको पहिलो दिनः आजसम्म किरात जातीय संस्थाहरूले माघ १ गते (माघे सन्क्रान्ति) ला नयाँ सम्वत फिरेको पहिलो दिन मान्दै आएका छन् । किरात यले सम्वत अध्ययन समितिको कालगणना अनुसार र किरात लिम्बू मिथक अनुसार भने चाँपको फूल फुल्ने याम, चैत्र (चेरेङनाम्) ला मान्नु पर्ने तर्क र मान्यता छ । नयाँ किरात यले सम्वतमा लिम्बू समुदायले लुङ्मेन्दिङ्र नोइत्छो’ (हार्दिक शुभकामना) भनी  कुसाङ यले तङवे, रा जातिसमुदायले नङ्वा यले दोङ, याक्खा जातिसमुदायले लाङा यले सुछाङ/नामसाम, र सुनुवार जाति समुदायले यले थोचे भनी शुभकामना आदानप्रदान गर्ने चलन चलेको छ ।

(८)   किरात कालीन मूर्तीहरूः पशुपति आर्यघाटमा रहेको राजा यलम्बर (यलुङ) को प्रस्तर मूर्ती र राष्ट्रिय संग्रहालय छाउनीमा रहेको शापूर्व निर्मित भएको मानिएको प्राचीन एक किरात राजाका प्रस्तर मूर्ति ।

(९)   यलम्बरका शालिक निर्माणः– पहिलो किरात राजाको स्मारकको रूपमा उनका शालिकहरू निर्माण भईरहेको छ । यसरी निर्मित शालिकहरूमा एकरूपताकोलागि कोशिश पनि भएको देखिन्छ । प्राचीन कालखण्ड, पाँचहजार बर्ष पहिलेका एक किरात राजाका राजर्षी पोशाक, आभूषण, आकृति, हातहतियार तथा अन्य प्रतिकात्मक बिषय वस्तुहरू यसै थियो भनी ठम्याउनु कठीन छ । मूर्तिकार, चित्रकारको परिकल्पनामा भर पर्नुपर्ने, सल्लाह र सुझावमा हेक्का राख्नुपर्ने अवश्था र समस्यामा गुज्रिएर निर्माण कार्य भने भईरहेको छ । यसमाथि अझै अध्ययन भएर परिकल्पनालाई उध्याउन पर्ने कुराको भने सदैव स्वागत हुनेछ ।

(१०)     उपसंहारः यलम्बरलाई, हस्तिनापुरका राजा जनमेजयको आफ्ना पूर्खाको बचन तोडी, अधर्मी निर्णयका पीडित मानी कलि युगको प्रतीकको रूपमा लिइने मत र मान्यताले तथ्यको नजीक पु¥याउँछ । श्रीकृष्णको स्वर्गारोहण (महाभारत युध्दको ३६ बर्षपछि) नै द्वापरयुगको अन्त र कलियुगको शुरूआत विन्दु मान्नु उपयुक्त हुन्छ । कलिगत ४० को सम्बन्धला सत्य मान्ने हो भने श्रीकृष्णको स्वर्गारोहणको ४० बर्षपछि, ३०२५ .पू. नै मान्नु ठीक मान्नु पर्ने हुन्छ । तर चलनमा आएको यले सम्वतमा महाभारत युध्दको ३६ बर्षपछि श्रीकृष्णको स्वर्गारोहणलाई नमानी युध्द समाप्ति वा परिक्षितको जन्मलाई कलिगत सम्वत मानी चलाएको देखिन्छ ।

(११)     स्रोत– किरात यले सम्वत अध्ययन समितिको अभिलेख, शिवशतासक राईको लेख, गणेश राईको लेख, विक्रम सुब्बाको लेख, प्राचीन नेपाल मुखपत्र अंक २१ र १०८, एच्.सी. रायचन्द्र चौधरी (एन्सेण्ट हिस्ट्री अफ ईण्डिया) ईत्यादि ।

यले सम्वत् (यले तङवे, यले दोङ, यले थोचे)

  −    मच्छिन्द्र याक्खा केही बर्षदेखि किरात समुदाय, किरात सम्बध्द संघ संस्थाहरूमा बिभिन्न नाम यले तङवे, यले दोङ, यले थोचे भनी किरात सम्वत...